दफा १९७
कसूर गर्ने नियतले वेहोस पार्न नहुने

(१) कसैले कुनै कसूर गर्न सजिलो पार्ने नियतले अरुलाई वेहोस तुल्याउने, लठ्याउने वा अस्वस्थ पार्ने पदार्थखुवाउन वा अन्य कुनै प्रकारले सेवन गराउन वा कुनै प्रकारले वेहोस गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँँसम्म जरिबाना हुनेछ।
(३) उपदफा (१) बमोजिमको काम गरी त्यस्तो कसूर भइसकेको रहेछ भने त्यस्तोे कसूर बापत हुने सजायमा यस दफा बमोजिमकोसजाय थप हुनेछ ।